
काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरमा नबिकेको ३ लाख २२ हजार ५७६ कित्ता शेयर असार ५ गतेदेखि लिलामीमा बिक्री गर्ने भएको छ । २ लाख ४० हजार ५७१ कित्ता संस्थापक शेयर र ८२ हजार ५ कित्ता सर्वसाधारण शेयर लिलामीमा बिक्री गर्न लागेको हो । जसका लागि असार १२ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्न सकिने छ ।
आवेदकले संस्थापक समूहतर्फको न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस