
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था विशेष साधारणसभा असार २० गते हुने भएको छ । साधारणसभामा कम्पनीको पुँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव रहेको छ । साथै अधिकृत पुँजी २० करोडबाट वृद्धि गरी ४० करोड पुर्याउने, शेयर पुँजी १० करोडबाट २० करोड पुर्याउने एजेन्डा रहेको छ । साथै अन्य संस्थासँग गाभ्ने गाभिने प्रस्ताव पनि साधारणसभामा प्रस्तुत हुनेछ ।
प्रतिक्रिया दिनुहोस