aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

चोरीको भारतीय निजी सवारी साधन नियन्त्रण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ माघ २०७७
चोरीको भारतीय निजी सवारी साधन नियन्त्रण

पर्सा । भारतीय नम्बरको स्कारपियो गाडी पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी  नेपालमा भित्र्याई पर्सा जिल्लाको ग्रामीण वडा एरियाहरुमा विगत लामो समय देखि अनाधिकृत रुपमा चलाई रहेको अबस्थामा पक्राउ गरेको हो । 

 प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा बीरगंज म.न.पा वडा नं. १५ भेडियाही स्थितमा पुग्दा सुचना अनुसारको द्यच्ण्छएब् टछठद्द नम्बरको भारतीय स्कारपियो गाडी सडकको छेउमा बेवारिसे अवस्थामम फेला परेको प्रहरीले वनाएको छ । 

 उक्त सवारी बेवारिसे अवस्थामा बरामद गरी यस कार्यालयमा ल्याई राखिएकोमा हाल सम्म पनि उक्त सवारीको सवारी धनी आवश्यक पर्ने कागजात सहित हक दावी गर्न नआएको हुँदा आवश्यक कारवाहीको बीरगंज भन्सार कार्यालयमा  पठाईएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस