
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा गत पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीको हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत नगद लाभांश शेयरधनीले हितग्राही खातामा जम्मा गरिदिएको हो ।
हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ ।
आफ्नो शेयरको प्रमाणपत्रहरु अभौतिक नगरेका शेयरधनीहरुको हकमा बैंक खाता अपडेट र आफुसँग भएको शेयर प्रमाणपत्रहरु अभौतिक गराए पश्चात कम्पनीले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिने छ ।
साथै शेयरधनी दर्ता किताब किताब बन्द हुनुभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस