aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सनराइज क्यापिटलको १५ प्रतिशत नगद लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ माघ २०७७
सनराइज क्यापिटलको १५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सनराइज क्यापिटलको दशौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उक्त वार्षिक साधारणसभाले आफ्नो शेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचियल फण्ड लगायत लगानी व्यवस्थापनको कार्य समेत सकृय रुपमा संचालन गर्दै आईरहेको छ । वाणिज्य बैंकको स्वामित्वमा रहेको शेयर सनराइज बैकले खरिद गरे पश्चात हाल यो कम्पनी सनराइज बैंकको पूर्ण संस्थापकत्वको साहयक कम्पनीको रुपमा संचालित रहेको छ ।

प्रतिक्रिया दिनुहोस