aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि भारतको एएसजेभिएन छनोट

  • रासस
    रासस
  • शनिबार, १७ माघ २०७७
तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि भारतको एएसजेभिएन छनोट

काठमाडौं । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन  लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीज्यूको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६ औँ बैठकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्याङ्कन गरी सो निर्णय गरेको हो । 

कूल क्षमता ६७९ मेगावाट रहेको सो परियोजना प्रदेश नं १ को सङ्खुवासभा र भोजपुर जिल्लामा अवस्थित रहने छ । विसं २०७५ चैतमा काठमाडौँमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले सो परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गरेको थियो । 

बैठकमा प्रधानमन्त्री ओलीले विद्युत्को उत्पादनसँगै खपतको समेत योजना बनाउनुपर्नेमा जोड दिँदै यसका लागि पूर्वाधार परियोजनालाई समयमै कार्यान्वयनका लागि समन्वयात्मक ढङ्गबाट कार्य गर्न नेपाल सरकारका सम्बद्ध निकायका पदाधिकारीलाई निर्देशन दिनुभएको बोर्डका प्रवक्ता धर्र्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस