aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिंगटी हाइड्रो इनर्जीको आईपीओमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ माघ २०७७
सिंगटी हाइड्रो इनर्जीको आईपीओमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । माघ ४ गतेदेखि आयोजन प्रभावित स्थानियका लागि विक्री खुला भएको सिंगटी हाइड्रो इनर्जीको आईपीओमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने भएको छ । छिटो अवधि माघ १८ गतेभित्र माग बमोजिम आवेदन नपरेकाले ढिलो अवधि फागुन ३ गतेसम्म विक्री खुला गरिने कम्पनीले जानकारी दिएको हो ।  

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाको स्थानियका लागि १४ लाख ५० हजार कित्ता शेयर विक्री खुला गरेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । 

आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । यस आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधारहरुको संकेत गर्ने केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रू. २२ करोड हुने प्रक्षेपण गरिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस