aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गणपति लघुवित्तले डाक्यो साधारण सभा, १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ माघ २०७७
गणपति लघुवित्तले डाक्यो साधारण सभा, १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ १६ गतेको सञ्चालन समितिको बैठकले ह्वाइट हाउस पार्टि प्यालेस, तनहुमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले कम्पनीले प्रस्ताव गरेको कुल १५ दशमलव ७९ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीले वार्षिक साधारण सभा मार्फत पारित गराउँन लागेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ११ करोड ७ लाख ४५ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्दै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै अन्य कुनै उपयुक्त संस्थाहरुलाई गाभ्ने गाभिने तथा प्राप्ती गर्ने भएमा आवश्यक सम्पूर्ण कार्यको जिम्वेवारी सञ्चालन समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम रहेका शेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।


 

प्रतिक्रिया दिनुहोस