
महोत्तरी । प्रभु लाइफ इन्स्योरेन्सले ५० लाखको मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीले महोत्तरी जिल्ला हतिसर्वाका सुरेश प्रसाद यादवले प्रभु लाइफ इन्स्योरेन्ससंग जीवन बीमा गरेकोमा निजको मृत्यु भई निज बिमीतकी श्रीमती अनुराधा कुमारी यादवलाई जीवन बीमा मृत्यु दाबीबापत भुक्तानी हो ।
मृत्यु दाबी भुक्तानीका लागी अनुरोध भई आएकोमा आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी २०७७ माघ १६ गते काठमाडौं कमलादी स्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत ५० लाख रुपैयाँको बैंक चेक निजकी श्रीमती यादवलाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस