aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महिला लघुवित्तको आईपीओ माघ २८ गतेदेखि बिक्रि खुला गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ माघ २०७७
महिला लघुवित्तको आईपीओ माघ २८ गतेदेखि बिक्रि खुला गरिने

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण शेयर (आईपीओ) बिक्रि खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।

संस्थाको जारी पुँजी १० लाखको ४० प्रतिशत हुन आउने ४ करोड रकम बराबरको जारी गर्न लागिएको ४ लाख कित्ता शेयर मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधरणलाई छुट्याइएको शेयर मध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेको जनाइएको छ । 

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ । 
 

प्रतिक्रिया दिनुहोस