
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १९ करोड ३६ लाख ५७ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. १५ करोड ६० लाख ५४ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा २४ प्रतिशत बढी भएको हो ।
कम्पनीले यस वर्ष रू. २ अर्ब ३ करोड ३ लाख १३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यो रकम रू. १ अर्ब ५९ करोड ७४ लाख ४० हजार थियो । गत वर्षभन्दा यस वर्ष कुल बीमाशुल्क आर्जन २७ प्रतिशत बढी भएको हो । कम्पनीले गत वर्षभन्दा ५८ दशमलव ८८ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष रू. ३४ करोड १२ लाख ६५ हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ५४ करोड २२ लाख ५ हजार मात्र दाबी भुक्तानी गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४१ करोड ७० लाख ५७ हजार कायम भएको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा ४० दशमलव ९१ प्रतिशत कम भएको छ । गत वर्ष रू. १ अर्ब ४ करोड ४७ लाख ८१ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. ६१ करोड ७२ लाख ७१ हजारमा झरेको हो ।
जीवन बीमा कोष भने २९ प्रतिशत बढेर रू. १३ अर्ब ९ करोड ६० लाख ४३ हजार कायम भएको छ । कम्पनीले बीमालेख धितोमा गत वर्षभन्दा २५ दशमलव ३८ प्रतिशत बढी रू. १ अर्ब ३६ करोड ९३ लाख ३० हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ रू.१३१ दशमलव ६१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस