aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आँखुखोला जलविद्युतले यस वर्षको ६ महिनामा कमायो ४० लाखभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ माघ २०७७
आँखुखोला जलविद्युतले यस वर्षको ६ महिनामा कमायो ४० लाखभन्दा बढी नाफा

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षका ६ महिनामा रू. ४० लाख ४६ हजार खुद नाफा गरेको छ । गत वर्ष यो अवधिसम्म कम्पनी रू. ९१ लाख ५४ हजार घाटामा रहेको थियो । यस वर्ष कम्पनीले नाफामा सुधार गरेको हो । गत वर्ष रू. १२ करोड १७ लाखभन्दाबढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १२ करोड १६ लाखभन्दा बढी यो आम्दानी गरेको छ ।

विद्युत विक्री आम्दानी घटेपनि अन्य स्रोेतवाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा बढेको हो । अघिल्लो वर्ष अन्य स्रोतबाट कुनै पनि आम्दानी नगरेको कम्पनीले यस वर्ष रू. ९ लाख २५ हजारभन्दा बढी यो शिर्षकमा आम्दानी गरेको हो ।

 हाल रू. ८० करोड चुक्तापूँजी रहेको यो कम्पनीको जगेडा कोष रकम भने रू. २५ करोड ५७ लाखभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ रू. ६३ दशमलव शून्य ३ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस