aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

जनउत्थान लघुवित्तले ५२ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० माघ २०७७
जनउत्थान लघुवित्तले ५२ प्रतिशत लाभांश दिने

काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ १९ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ४९ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ६० प्रतिशत गरी कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस