aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आइएमई लाईफ इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन शतप्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० माघ २०७७
आइएमई लाईफ इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन शतप्रतिशत बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइएमई लाईफ इन्स्योरेन्सले रू. १ अर्ब २३ करोड ७२ लाख ९३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीले रू. ६१ करोड ७२ लाख ९३ हजार मात्र कुल बीमाशुल्क आर्जन गरेको थियो । 

गत वर्षभन्दा यस वर्ष शतप्रतिशत बढी कुल बीमाशुल्क आर्जन गर्न कम्पनी सफल भएको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल दाबी भुक्तानी रकममा भने उल्लेख्य रुपमा बृद्धि भएको छ । गत वर्ष रू. २ करोड ५८ लाख ९ हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. २३ करोड ५९ लाख ९३ हजार कुल दाबी भुक्तानी गरेको हो ।

बीमाशुल्क आर्जनसँगै गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा पनि २० दशमलव ९८ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ६ करोड १२ लाख ११ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ७ करोड ४० लाख ५१ हजार खुद नाफा गरेको हो । हाल रू. १ खर्ब ४० करोड रहेको कम्पनीले रू. ६० करोड बराबरको आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा साढे ७१ प्रतिशत बढी रू. ४२ करोड ७० लाख ३५ हजार कायम भएको छ ।

कम्पनीले दिर्घकालिन लगानी शिर्षकमा रू. २ अर्ब ८६ करोड २४ लाख ९१ हजार कर्जा प्रवाह गरेको छ भने बीमालेख धितोमा रू. १९ करोड ३१ लाख ९८ हजार कर्जा प्रवाह गरेको छ । दिर्घकालिन लगानी तथा कर्जा गत वर्षभन्दा ७६ प्रतिशत बढी र बीमालेख धितो कर्जा ११३ दशमलव ५८ प्रतिशत बढी प्रवाह भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव ५८ र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव ८९ रहेको छ । 

प्रतिक्रिया दिनुहोस