aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ नेपाल आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० माघ २०७७
एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ नेपाल आउँदै

काठमाडौं । एमजीएचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खुल्ला गरेको छ । पारामाउन्ट मोटर्स प्रालि नेपालको लागि एमजीको आधिकारीक वितरक हो ।  स्टाइलिस एसयूभीको रुपमा बजारमा आउन लागेको एमजी एचएस निकै सुरक्षीत एसयूभी हुने कम्पनीले दावी गरेको छ । 

विशेषत सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पुरा गरेको एचएसमा अगाडि ड्यूल र साइड कटन एयरव्याग दिइएको छ । कारलाई चालक मैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ रहेको छ । 

६ तरिकाबाट आफु अनुकुल बनाउन सकिने ड्राइभिङ सिट, ४ तरिकाले मिलाउ नमिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउ नमिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउनमिल्ने आउट साइड रियर भ्यू मिरर जस्ता फिचर यसमाउपलब्ध रहेका छन् । 

साथै, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा रहेको छ । जसमाएप्पलकार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । यसमा रहेको १८ इन्चको अलोय ह्वील र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियम बनाएको छ । 

एमजीएचएसमा १.५ लिटर टर्बो इन्जिनउपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्छ । यसमा७ स्पीड डिसिटी गियर बक्स उपलब्ध रहेको छ । 

यसलाई नेपाल ल्याएको अवसर पारेर केहि समयको लागिकम्पनीले ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री सुरु गर्नलागेको हो । विभिन्न तीन कलर भेरियन्टमा यसलाई ग्राहकले किन्न सक्नु हुने छ । जसमा कालो, सेतो र रातो कलर भेरियन्ट रहेका छन् । अहिले बुकिङ गर्ने ग्राहकलाई आगामी मार्च दोस्रो सातासम्ममा डेलिभरी दिइने कम्पनीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस