aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रिडी हाइड्रोले ६ महिनामा कमायो १ अर्ब ९३ करोडभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० माघ २०७७
रिडी हाइड्रोले ६ महिनामा कमायो १ अर्ब ९३ करोडभन्दा बढी नाफा

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामा रू. १ करोड ९३ लाख ८१ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको नाफा रू. २ करोड १९ लाख ४० हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ११ दशमलव ६६ प्रतिशत घटेको हो । विद्युत विक्री आम्दानी र सञ्चालन नाफा बढेको कम्पनीको यस वर्ष सञ्चालन खर्च बढेकाले नाफा घटेको हो । 

यस वर्ष कम्पनीले विद्युत विक्रीबाट गत वर्षभन्दा ५ दशमलव ४२ प्रतिशत बढी रू. ३ करोड ९ लाख २२ हजार विद्युत विक्रीबाट आम्दानी गरेको छ भने ५५ दशमलव ९० प्रतिशत बढी रू. ३ करोड ७५ लाख ८५ हजार सञ्चालन नाफा गरेको छ । गत वर्ष रू. २४ लाख ८१ हजार अन्य सञ्चालन खर्च भएकोमा यस वर्ष रू. १ करोड ५३ लाख १६ हजार भएको छ । यस कारण पनि कम्पनीको खुद नाफा घटेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ५५ लाख ५८ हजार पुगेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ६० प्रतिशत कम रू. २ करोड ४ लाख २३ हजार कायम भएको छ । बार्षिक रू. ६ दशमलव ६२ प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव ४९ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस