aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु लाईफको आज पनि शेयरमूल्य १० प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० माघ २०७७
प्रभु लाईफको आज पनि शेयरमूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । मंगलवार प्रभुुुुुुु लाईफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यो दिन प्रतिकित्ता रू. ८४ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. ९२४ पुगेको हो । दोस्रो बजारमा रू. १३७ मा खुला भएको कम्पनीको शेयरमूल्य निरन्तर बढेको हो ।

एक घण्टाको कारोबार अवधिसम्म कम्पनीको ५ हजार ८३६ कित्ता शेयर खरिद आदेश रहेको छ भने १२० कित्ता विक्री आदेश रहेको छ । नियमित सेसनमा पहिलो पटक मंगलवार कम्पनीको शेयर विक्री आदेश देखिएको हो ।

नयाँ बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २८ गतेदेखि यस कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यस कम्पनीले रू. ३ करोड ९ लाख २४ हजार खुद नाफा गरेको छ । यो रकम गत वर्षको यस अवधिमा रू. १ करोड २२ लाख ९४ हजार थियो ।

 नाफा बृद्धि गर्दै गएको यस कम्पनीले यस वर्षको पहिलो त्रैमाससम्म रू. २५ करोड ९७ लाख ९१ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ६१ लाख ६८ हजार कुल दाबी भुक्तानी गरेको छ । हाल कम्पनीमा १ लाख २० हजार ४६९ बीमालेख कायम रहेको छ । यस वर्षको पहिलो त्रैमासमा मात्र कम्पनीले २२ हजार ५९४ बीमालेख कायम गरेको हो । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. २३ करोड ९१ लाख ७९ हजार रहेको छ भने जीवन बीमा कोषमा रू. १ अर्ब १९ करोड ४९ लाख ८५ हजार रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस