
काठमाडौं । आयोडिनको महत्व बबुझाउन एक महिने सञ्चालन गरिने भएको छ । नेपाल सरकारले आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारणसम्बन्धी जनचेतनाका लागि एक महिने विभिन्न कार्यक्रम ल्याउने भएको हो ।
सन् २०२१ फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरूसम्बन्धी जनचेतना जगाउने महिनाका रूपमा सरकारले फेब्रुअरी महिनाभर विभिन्न कार्यक्रम ल्याउने भएको हो । युनिभर्सल साल्ट आयोडाइजेसन (युएसआई) को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थ घोषणा गरी आयोडिनसम्बन्धी चेतनामूलक गतिविधि सञ्चालन गरिँदै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।
आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरूमध्ये भिजिबल गोइटर सन् १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र हाल समुदायमा यो समस्या नभेटिएको साल्ट ट्रेडिङको दाबी छ । नेपाल सरकारले दिएको निर्देशनअनुसार कर्पोरेसनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सहशताब्दी विकास लक्षअनुरूप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्भेअनुसार ९१.० प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको कर्पोरेसनको दाबी छ ।
सन् २०१६ मा नेपाल सरकारले गरेको एनडिएचएस सर्भेअनुसार ९४.५ प्रतिशत ५ वर्षमुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको जनाइएको छ । यस वर्ष कोभिड–१९ का कारण नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकाले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै एक महिनासम्म आयोजना गरिने कार्यक्रममा कर्पोरेसनले नेपाल सरकारको जनस्वास्थ्यसँग सम्बन्धित निकायहरूका साथै विद्यालय, समुदाय एवं गैरसरकारी संघ–संस्था, स्थानीय निकायलगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी भौतिक दूरी कायम गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस