
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अरुण कावेली पावर लिमिटेडले रू. १८ करोड २६ लाख ८६ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ४ करोड २८ लाख ७३ हजार रहेको थियो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ४ गुणा बढी भएको हो । कम्पनीको विद्युत विक्री आम्दानी पनि ३ गुणा बढी भएको छ । गत वर्ष रू. ११ करोड ३५ लाख ४१ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३८ करोड ८९ लाख २९ हजार यो आम्दानी गरेको हो । यस वर्ष कम्पनीको सबै सूचकहरुमा उल्लेख्य बृद्धि देखिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको कम्पनीको जगेडा कोष रकम रू. २७ करोड ५१ लाख ५२ हजार कायम भएको छ । कम्पनीको जगेडा कोष रकम १० गुणा बढी भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू.२ करोड ७३ लाख ६२ हजार रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. २४ दशमलव ३६ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ३४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस