aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

फोर्ड गाडीमा गुगल एन्ड्रोइड अपरेटिङ सिस्टम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ माघ २०७७
फोर्ड गाडीमा गुगल एन्ड्रोइड अपरेटिङ सिस्टम

काठमाडौं । फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् । 

गुगलसँगको ६ वर्षीय सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्सलगायतका तथ्यांकका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको बताउँदै एन्ड्रोइड सिस्टम जडानका लागि गुगलसँग सहकार्य गरेको कम्पनीले जनाएको छ ।   

यसका लागि यी दुई कम्पनीले ‘टिम अपसिफ्ट’ नामको आफ्नो छुट्टै संयुक्त समूह पनि बनाएका छन् । जसमा दुबै कम्पनीका प्रतीभाको प्रवद्र्धन, फोर्डको रुपान्तरणमा सहयोग, व्यक्तिगत उपभोक्ता सेवा, परिवर्तनका लागि उत्प्रेरकको भूमिका खेल्ने, तथ्यांक सहजीकरण लगायतको आपसी सहयोग हुने विश्वास गरिएको छ । सवारीसाधन खरीद गर्दा र स्वामित्व हस्तान्तरणमा यसमा भएको तथ्यांकले सहयोग गर्नेछ । 

‘विद्युतीकरण, कनेक्टिभिटी र सेल्फ ड्राइभिङमा फोर्डले आमुल रुपान्तरण गरिरहेको अवस्थामा गुगल र फोर्ड सँगै आउनुले ग्राहकलाई विशिष्ट अनुभूति दिनुका साथै उद्यमलाई पनि आधुनिकीकरण गर्नेछ, ’ फोर्डका सीईओ जिम फार्लीले बताए । ‘एसेम्बिलिङ उद्योगको सञ्चालनदेखि ड्राइभ एसिस्ट टेक्नोलोजीसम्म आइपुग्दा फोर्डले १२० वर्षको अटोमोबाइल क्षेत्रमा नयाँ अन्वेषणको जग बसालेको छ,’ अल्फाबेटको सञ्चालकसमेत रहेका गुगलका सीईओ सुन्दर पिचाईले बताए । 

उनका अनुसार फोर्डको व्यापारमा र अटोमोटिभ टेक्नोलोजीमा गुगलको एआई, तथ्यांक विश्लेषण र क्लाउड प्लेटफर्मले सेवाग्राहीलाई सुरक्षित बनाउनेछ । डिजिटल यातायात, आधुनिकीकरण तथा सवारीसाधनमा टेक्नोलोजीको प्रयोगका लागि कम्पनीलाई गुगलले गुगल क्लाउड, एआई, एमएल तथा तथ्यांक विश्लेषण लगायतका क्षेत्रमा सहयोग पु¥याउने उनको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस