aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एलआइसीको आईपीओमा पोलिसी होल्डरलाई पनि १० प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ माघ २०७७
एलआइसीको आईपीओमा पोलिसी होल्डरलाई पनि १० प्रतिशत

एजेन्सी । भारतीय बीमा कम्पनी जीवन बीमा निगम(एलआइसी)का पोलिसी होल्डरले आईपीओमा १० प्रतिशत पाउने संकेत मिलेको छ । भारतको केन्द्रीय सरकारकी वित्तमन्त्री निर्माला सितारमणले आफ्नो बजेट भाषणमा आगामी वर्षसम्ममा जीवन बीमा कर्पोरेसनको आईपीओको काम सक्ने घोषणा गरेकी थिइन । 

उक्त घोषणासँगै भारतीय सञ्चारमाध्यमले उक्त आईपीओमा एलआइसीमा बीमा गर्ने बीमकले समेत १० प्रतिशत शेयर पाउने सक्ने संकेत मिलेको खबर सार्वजनिक गरेका छन् ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियालाई अन्तरबार्ता दिँदै लगानी तथा लोक सम्पत्ति प्रवन्धक विभागका सचिव तुहिन कान्त पाण्डेले एलआइसीका पोलिसी खरिद गर्नेले पनि १० प्रतिशतसम्म शेयर पाउन सक्ने बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस