aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा फागुन १४ गते, लाभांश प्रस्ताव पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ माघ २०७७
तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा फागुन १४ गते, लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले फागुन १४ गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ । होटल्सको रजिष्टर्ड कार्यालय, बौंद्ध , काठमाडौंमा विहान ११ बजे सभा बोलाईएको हो । कोभिडको जोखिमलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई सहभागी गराई सभा गर्ने तयारी कम्नपीको छ ।

सभाले प्रस्तावित कर समेत १० प्रतिशत नगद लाभाश प्रस्ताव पारित गर्नेछ । कम्पनीको पुस २३ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार छ । सोही पूँजीको आधारमा होटल्सले लाभांश वितरण गर्न लागेको हो ।

 लाभांशसँगै सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै एक जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउँन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस