aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

जगदम्बा मोटर्सको ‘डाउनलोड एन्ड विन’का विजेता बने अनिल प्रधान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ माघ २०७७
जगदम्बा मोटर्सको ‘डाउनलोड एन्ड विन’का विजेता बने अनिल प्रधान

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले “डाउनलोड एन्ड विन”अभियानको विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्न सफल भएका छन् ।
  
टिभीएसका स्टीकर डाउनलोड गरेर विजेताबन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपक प्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका हुन ।

उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो । यस अभियानमा ग्राहकहरुले भाइवरमा टिभीएस दशैंको आशा नामक स्टीकर डाउनलोड गरेर नयाँ टिभीएस जेष्ट स्कुटर सक्ने अवसर पाएका थिए ।
 

प्रतिक्रिया दिनुहोस