aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

तीन अर्ब ५५ करोडको कोरोना बीमा दाबी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ माघ २०७७
तीन अर्ब ५५ करोडको कोरोना बीमा दाबी भुक्तानी

काठमाडौं । बीमा समितिले हालसम्मको कोरोना बीमा दाबी भुक्तानीको तथ्याकं सार्वजनिक गरेको छ । उक्त तथ्याकं अनुसार हालसम्म ३६ हजार ५ सय ६९ जनालाई तीन अर्ब ५५ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको छ । 

समितिले हालसम्ममा ४ हजार ८७३ जनाको दाबी प्रक्रियामा रहेको, ९ हजार ८ सय २४ जनाको इपिडिमियोलोजि तथथा रोग नियन्त्रण महाशाखामा प्रक्रियामा रहेको एक हजार ९५९ जनाको फाईल महाशाखामा पठाउन तयारी अवस्थामा रहेको समितिले जनाएको छ । 

त्यसैगरि, तीन हजार ३७५ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको उक्त विवरणमा उल्लेख गरिएको छ । त्यसैगरि, समितिले ३६५ जनाको दाबी प्रक्रिया नपुगेको र ८ हजार ५५४ जनाको प्रमाणीकरण प्रक्रियामा रहेको समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस