aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महिला लघुवित्तको आईपीओ निष्काशन मिति सर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ माघ २०७७
महिला लघुवित्तको आईपीओ निष्काशन मिति सर्यो

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्काशन मिति सरेको छ। यसअघि माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भनेको लघुवित्तले सिटिएस एण्ड क्लियरिङ्गको अनुरोधमा निष्काशन मिति सारेको हो । 

लघुवित्तका अनुसार आईपीओ निष्काशनको मिति २ दिन पछि सरेको छ । कम्पनीले अब माघ ३० गतेदेखि निष्काशन गर्ने भएको छ । यस आईपीओमा छिटोमा फागुन ४ गतेसम्म र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिनेछ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा छिटोमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभरीमा पूर्ण आवेदन नपरेमा फागुन १२ गतेसम्म निष्काशन खुला गरिने लघुवित्तले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस