
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । गत माघ ९ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको शेयर समेत गरी कम्पनीले १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर सूचीकृत गरेको हो ।
कम्पनीको संस्थापक तर्फको ८८ प्रतिशत र सर्वसाधारण तर्फ १२ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुवै तर्फको शेयर कम्पनीले सूचीकृत गराएको हो । कम्पनीले पुस २४ देखि २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रू. ९६ दशमलव ६९ देखि रू. २९० दशमलव शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । नेप्सेले यस कम्पनीको आर्थिक वर्ष ०७५÷७६ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू.९६ दशमलव ६९ को आधारमा मूल्य रेञ्ज तोकेको हो ।
प्रतिक्रिया दिनुहोस