
काठमाडौं । रूरु जलविद्युत परियोजना लिमिटेडले सर्वसाधारणलाई आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि गरी कुल रू. ८ करोड १५ लाख ४१ हजार १०० बराबरको ८ लाख १५ हजार ४११ कित्ता शेयर विक्री गर्न माघ २१ गते बोर्डको अनुमति पाएको हो ।
कुल कित्तामध्य ४ लाख ७ हजार ७०५ कित्ता आयोजना प्रभावित स्थानियका लागि र ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गर्नेछ । कम्पनीले स्थायिलाई प्रतिकित्ता रू. १०० र सर्वसाधारणलाई प्रतिकित्ता रू. १२० मा आईपीओ जारी गर्न लागेको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस