
काठमाडौं । सेन्ट्रल फाईनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले सञ्चालक समितिको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ ।
शुक्रबार सम्पन्न सधारण सभाले लगानीकर्ताले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश पाउने भएका छन । संस्थाको चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपैयाँ, निक्षेप ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ र कर्जा लगानी ३ अर्ब ५८ करोड १० लाख रुपैयाँ रहेको छ ।
ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको सेन्ट्रल फाईनान्सको काठमाडौंको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्यामासिंह र सल्लाघारी, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाटमा रहेको छ ।
त्यस्तै फाइनान्नको बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुरधाम समेत हाल शाखा संख्या १४ सञ्चालनमा रहेको तथा झापाको बिर्तामोड, सुनसरीको इटहरी र पर्साको बिरगंज शाखा छिटै सञ्चालनमा ल्याउने गरी तयारी भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस