काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार विभिन्न प्रदेशका यी स्थानमा विद्युत कटौती गर्ने भएको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार प्रदेश ५ र प्रदेश १ का तीनतीन वटा फिडरमा आज विद्युत कटौती हुने भएका हुन ।देशका विभिन्न स्थानमा मर्मतसम्भार गर्नु पर्ने भएकाले विद्युत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, प्रदेश १ को धरान वितरण केन्द्रको धरान फिडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत हुने छैन । जसबाट धरान वडा नम्बर १, ४, ८, ९, १०, १३, १३, १४ र १६ मा बत्ती जानेछ ।
प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रमा दिउँसो १२स्३०देखि ४स्३० सम्म सटडाउन हुनेछ । यसक्रममा न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारालगायतका स्थानमा विद्युत कटौती हुनेछ ।
यस्तै नेपालगञ्जकै एयरपोर्ट फीडरमा ११ बजेदेखि १२स्३० बजेसम्म विद्युत सटडाउन हुँदा सुर्खेत रोडको पश्चिमी क्षेत्रलगायत अन्य स्थानमा पनि बत्ती नहुने प्राधिकरणले सूचनामा जनाएको छ । पछिल्लो समयमा प्राधिकरणले विभिन्न स्थानमा मर्मत गर्न परेकाले विद्युत आपूर्ति बन्द गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस