
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट नवपपुरमा २०७७ माघ २४ गते सम्पन्न साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । सभाले १४.२५ प्रतिशत बोनश शेयर र ०.७५ नगद लाभांश पारित गरेको छ ।
साधारण सभाको साधारण प्रस्तावहरुमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत), आ.व. २०७६÷७७ सम्मको मुनाफाबाट चुक्ता पुँजी २२,८१,४०,००० रुपैयाँको ०.७५ प्रतिशतले हुन आउने १७,११,०५० रुपैयाँ बराबरको नगद लाभांश (बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि) पारित गरेको छ ।
विशेष प्रस्तावहरु अन्तर्गत सञ्चालक समितिको प्रस्ताव बमोजिम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनश शेयर वितरण गर्ने र बोनश शेयर पश्चात कायम हुने चुक्ता शेयर पुँजीको आधारमा प्रबन्धपत्र संशोधन गर्ने, संस्थाको प्रबन्धपत्र र प्रबन्धपत्र, नियमावलीमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, संशोधन गरी अद्यावधिक गर्ने सभाले पारित गरेको छ ।
संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई दिने र संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस