
मल्टीपर्पस फिनांस कम्पनी लिमिटेडको हकप्रद शेयर असार २३ गतेदेखि खुल्ला हुने भएको छ । जसको लागि बुक क्लोज असार ११ गतेदेखि बन्द हुने भएको छ ।
कम्पनीले प्रति साधारण शेयर एक सय रुपैयाँको दरले ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६ सय को १ कित्ता साधारण शेयर बराबर ८ दशमलव ६५ कित्ताले ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको हकप्रद शेयर भर्ने मिति असार २३ गतेदेखि साउन २६ गतेसम्म रहेको छ । जसको बुक क्लोज असार ११ गते बन्द रहेकोले उक्त हकप्रद शेयर असार १० गतेसम्म कायम शेयरधनीले मात्र भर्न पाउँनेछन् ।
यस सार्वजनिक निष्काशनलाई इक्रा नेपाल लिमिटेडले खराब आधारहरु (fundamentals) जनाउने ICRANP 5 Grade प्रदान गरेको छ ।
हकप्रद शेयर खरीदका लागि दरखास्ता पाइने सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमार्डौ, मल्टीपर्पस फिनांस कम्पनी केन्द्रिय कार्यलय राजविराज, सप्तरी, सिभिल बैंकका शाखा कार्यालयहरु विराटनगर, बीरगंज, नारायणगढ, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी तथा विरेन्द्रनगर सुर्खेतमा रहेका छन् । नेपाल धितोपत्रबोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट भर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस