
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (Nepal Insurance Co. Ltd.) ले आफ्ना शेयरधनीहरुलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने भएको छ ।
कम्पनीले असार ५ गते अर्थात आज बसेको बैठकबाट आव २०७४र७५ को नाफा नोक्सान हिसाबबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने भएको छ ।
हाल कायम चुक्ता पुँजी १ अर्ब १ करोड ९१ लाख ३ हजार ८६२ दशमलव ९७ को ७ दशमलव ५ प्रतिशतका दरले ७ करोड ६४ लाख ३२ हजार ७८९ दशमलव ७२ कित्ता बोनस शेयर र कर प्रयोजनार्थका लागि ४० लाख २२ हजार ७७८ दशमलव ४१ रुपैयाँ दिने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस