aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
वैदेशिक रोजगारी

कोरोनाकैबीच कुन देशमा कति नेपाली विदेशिए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
कोरोनाकैबीच कुन देशमा कति नेपाली विदेशिए ?


काठमाडौं । गत आर्थिक वर्षको जनवरीबाट विश्वमा कोरोना महामारी फैलियो । यहि महामारीकैबीच गत आवको जनवरीदेखि २००१ को जनवरीसम्मको यो अवधिमा जम्मा ६ लाख ८० हजार ७ सय ८९ लाख वैदेशिक रोजगारीमा गएका छन् । सोमध्ये सन् २०२१ को जनवरीमात्रै ४७ हजार  २३८ जना रोजगारीका लागि विदेशिएका हुन् । यो तथ्यांक कामका लागि विदेशिएका तथा अन्य प्रयोजनका लागि नेपालबाट गर्ने १७२ मुलुकमा गएकाको तथ्यांक हो । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।

कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि लाखौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ । सरकारबाट विशेष स्कीम नआउँदा कोरोना विपद्मा पनि नेपालीहरू विदेशिन बाध्य भएको बताए ।

कोरोना विपद् शुरू हुँदा विदेशमा नेपालीहरूले रोजगार गुमाउन थालेपछि सरकारले नेपालमै रोजगारी दिने आश्वासन देखायो । तर, त्यसमा उपलब्धि केही भएन । त्यसमाथि अहिले राजनीतिक अस्थिरता आएको छ । त्यसको असरले पनि यस परिस्थतिमा नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका हुन् । द्वन्द्वकालदेखि बढ्न थालेको वैदेशिक रोजगारी जाने क्रम देशमा संघीयता कार्यान्यनमा आएर गाउँ गाउँमा सरकार जाँदा पनि उस्तै रहेको छ । 

यो अवधिमा छिमेकी मुलुक भारत र चीनमा सबैभन्दा बढी गएका छन् । यो अवधिमा भारतमा ४३ हजार ४५८ जना विदेशिएका छन् र जनवरीमा ३ हजार ५११ जना देशबाट छिमेकीमूलुक भारत गएका हुन् । इन्डोनेसियामा एक हजार २२४ जना बाहिरिएका छन् र जनवरीमा यस्तो संख्या १३ जनामात्रै बाहिरिएका छन्  । चीनमा विभिन्न प्रयोजनको लागि २९ हजार ४२० जना बाहिएका छन्  । जनवरीमा मात्रै चीनमा एक हजार  ६७३ जना बाहिरिएका छन् । 

यो अवधिमा ९ हजार ७ जना अष्ट्रेलिया गएका छन् । जनवरीमा ३६ जना गएका हुन् । गत जनवरीदेखि यो जनवरीसम्मको यो अवधिमा ८ हजार ३५४ जना अमेरिका गएका छने भने यो जनवरीमात्रै १९ जना अमेरिका गएको अध्यागमन विभागको तथ्यांक छ । बंगलादेशमा ५ हजार ५१० जना विदेशिएका छन् । जनवरीमात्रै १८ जना विदेशीएका हुन् । कोलम्बिया २ हजार १८ जना  रोजगारीका लागि गएका छन् भने जनवरीमा मात्रै १५ जना त्यसतर्फ प्रस्थान गरेका हुन् । क्यानडामा ३ हजार २३९ जना विदेशिएका छन ् । जनवरीमा ७४ जना विदेशिएका हुन् । 

जापानमा ६ हजार ८७८ जना गएका छन् । कोरियामा ७ हजार ६१० जना गएको छन् । जनवरीमा भने कोरियामा कोहि पनि गएका छैनन् । फ्रान्समा यो अवधिमा चार हज ार ३२१ जना गएका छन् । सोमध्ये सन् २०२१ को जनवरीमा मात्रै ५४ जना विदेशिएका हुन् । जर्मनीमा ५ हजार  ८०९ जना गएका छन् र जनवरीमा जम्मा २८ जना गएका हुन् ।  मेलेशियामा ३ हजार ३९४ जना कामका लागि गएका छन् । म्यान्मारमा २० हजार २८५ जना कामका लागि गएका छन् । नेदरल्याण्डमा २ हजार ६२८ जना कामका लागि गएका छन् । यो अवधिमा पाकिस्तानमा एक हजार १७४ जना काम तथा अन्य प्रयोजनका लागि गएका छन् । 

फिलिफिन्स र  पोल्याण्डमा पनि यो अवधिमा एक हजार १६५ र पोल्याण्डमा एक हजार १०१ जान गएका छन्  । रुशियामा एक हजार ८८२ जना गएका छन्  । सिरिया लियोन एक हजार ६६३ जना बाहिरिएका छन् । स्पेन एक हजार ८७१ जना गएका छन ् । श्रीलंका १३ हजार १३२ जना गएका छन् । स्वीजल्याण्डमा एक हजार २८२ जना गएका छन् । तान्जेनियामा २१ हजार १७ जना, टर्कीमा एक हजार  ७९२ जना, बेलायतमा  १२ हजार ६३५ जना, अमेरिकामा १९ हजार ४४२ जना गएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस