aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फरवार्ड माइक्रोफाइनान्सले फागुन २१ गते बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
फरवार्ड माइक्रोफाइनान्सले फागुन २१ गते बोलायो साधारण सभा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २१ गते ८औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ २५ गतेको सञ्चालक समितिले सभाको मिति तय गरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक सुचनामा विहान ११ बजे सभा गर्ने भनिएपनि स्थान भने खुलाईएको छैन् । कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ५ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । 

बुक क्लोजको आधारमा फागुन ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । यस वर्ष कम्पनीले कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ दशमलव ५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश समेत सभाले पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४ लाख १५ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस