aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

६ महिनामा ५ खर्ब रेमिट्यान्स भित्रियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
६ महिनामा ५ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आवको यो अवधिमा भित्रिएको रेमिट्यानस गएको आवको  सोही अवधिकोभन्दा ०.६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४ खर्ब ४७ अर्ब रेमिट्यान्स भित्रिएको थियो । 


अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशतले बढेर ४ अर्ब १९ करोड पुगेको राष्ट्र बैंकको तथ्यांक छ । 
 

प्रतिक्रिया दिनुहोस