aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सात जलविद्युत सहित ११ कम्पनीको शेयर कारोबार रोक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
सात जलविद्युत सहित ११ कम्पनीको शेयर कारोबार रोक्का

 काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार सात जलविद्युत कम्पनी सहित ११ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले नेपाल हाइड्रो डेभलपर, युनिभर्सल पावर, पञ्चकन्यामाई हाइड्रो, पाँचथर पावर , राधी विद्युत , रैराङ हाइड्रोपावर र युनिभर्सल हाइड्रोपावर सहित गुराँस लाइफ इन्स्योरेन्स , कर्णाली डेभलपमेण्ट बैंक, कर्णाली लघुवित्त र नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का गरेको हो । 

यी कम्पनीहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम नेपाल धितोपत्र बोर्डमा पेश गर्नुपर्ने वार्षिक प्रतिवेदन , वित्तीय विवरण तथा सूचीकरण विनियमावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरण हरु पेश नगरेकाले कारोबार रोक्का गरिएको नेप्सेले प्रष्ट पारेको छ । यी कम्पनीहरुले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पेश नगरेको नेप्सेले जारी गरेको सुचनामा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस