
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले फागुन १९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ २६ गतेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने भएको हो ।
सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन, वासलत, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण पारित गर्नेछ । साथै गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण सँगै स्वतन्त्र संचालक बाहेकका सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फाुगुन ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस