aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा नगद लाभांश वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा नगद लाभांश वितरण

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले यस वर्षको ५ दशमलव ५० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गरिदिएको छ । बैंकले माघ ८ गते सम्पन्न ३४औं वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश पुस २१ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सदस्यहरुको हकमा बैंक खातामै लाभांश जम्मा गरिदिएको हो । 

उक्त मितिपश्चात बैंक खाता अद्यावधिक गराउने सदस्यहरुको हकमा क्रमश बैंक खातामै नगद लाभांश जम्मा गरिने समेत बैंकले सुचना मार्फत जानकारी दिएको छ । यसर्थ आफ्नो शेयरप्रमाणपत्र हालसम्म अभौतिकिकरण नगराएका सदस्यहरुलाई यथासिघ्र आफुले हितग्राही खाता खोलेको डिपीमा सम्पर्क गरी शेयर अभौतिकिकरण गराउन बैंकले आग्रह गरेको छ । 

साथै नेपाल क्लियरीङ्ग हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता नम्बर पनि अद्यावधिक गराउन बैंकले भनेको छ ।  

बैंकले बुक क्लोजको अघिल्लो दिन पुस २१ गते सम्म धितो राखेका शेयरधनीहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र उपलब्ध गराएपश्चात र सो पश्चात कर्जा चुक्ताभुक्तानी गरेकाहरुको हकमा फुकवा पत्र प्राप्त भए पश्चात मात्र नगद लाभांश जम्मा गरिने जानकारी दिएको छ । 

बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस वर्ष बैकले नगद सहित १३ प्रतिशत बोनस शेयर प्रस्ताव पनि सोही सभाबाट पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस