aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बलिउड अभिनेता राजिव कपुरको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
बलिउड अभिनेता राजिव कपुरको निधन

काठमाडौं । ‘राम तेरी गंगा मैली’ स्टार राजिव कपुरको निधन भएको छ । बलिउड अभिनेता कपुरको हृदयघातका कारण मंगलबार निधन भएको हो । 

बीबीसीका अनुसार अस्पताल लगिएका ५८ वर्षीय कपुरको उपचारकै क्रममा निधन भएको हो । राजिव बलिउड अभिनेताहरू ऋषि कपुर र रणधीर कपुरका कान्छा भाइ हुन् । ऋषि पत्नी नीतु कपुरले इन्स्टाग्राममार्फत राजिवको निधन भएको पुष्टि गरेकी छिन् । 

राजिवले एक जान है हमुबाट अभिनयमा डेब्यू गरेका थिए । राम तेरी गंगा मैलीमा पनि उनी प्रमुख भूमिकामा थिए । आसमान, लभर ब्वाइ, जबरजस्त, हम तो चले पर्देसलगायत फिल्ममा काम गरेका उनको अन्तिम फिल्म जमिनदार हो ।  

प्रतिक्रिया दिनुहोस