
काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिन मंगलवार साझ ५ बजेसम्म १३ लाख ३७ हजार ९४२ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार यी आवेदकहरुबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताको लागि खरिद आवेदन परेको हो । जुन मागभन्दा ७ दशमलव ३७ गुणा बढी हो ।
कम्पनीले माघ २३ गतेदेखि सर्बसाधारणको लागि ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता शेयर समेत जोडेर ३४ लाख ९६ हजार ४०० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
कुल कित्तामध्य १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासन गरेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङग प्रदान गरेको छ । उक्त रेटिङ्गले निष्कासनकर्ता कम्पनी वित्तीय दायितव पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । यो आईपीओ विक्री गर्न कम्पनीले माघ २ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४४ करोड रहेको छ । सर्वसाधारणलाई पनि शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको अधिकृत पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । यस कम्पनीले खानीखोला १ जलविद्युत आयोजना सञ्चालक गरिरहेको छ ।
नयाँ आयोजना निर्माणको क्रममा कम्पनीले दोलखाजिल्लामा ४० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाबाट २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको रहेको छ ।
प्रतिक्रिया दिनुहोस