aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल लाइफको सीईओमा सन्तोष प्रसाईं नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ माघ २०७७
नेपाल लाइफको सीईओमा सन्तोष प्रसाईं नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईंलाई नियुक्त भएका छन ।  मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरि सोको स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको हो ।

प्रसाईंले नेपाल लाइफमा विवेक झाको अवधि सकिएपछि कामु सिइओको जिम्मेवारीमा रहेका थिए ।  झाको कार्यकाल सकिएसँगै सोही कम्पनीको उप–प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका प्रसाईंलाई कम्पनीले कार्यवाहक सिईओको जिम्मेवारी दिएको थियो ।

विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।  यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव रहेको छ । 

प्रतिक्रिया दिनुहोस