aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

अर्थमन्त्री पौडेल र नाडा प्रतिनिधि मण्डलबिच अटो मोबाइल व्यवसायबारे छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ माघ २०७७
अर्थमन्त्री पौडेल र नाडा प्रतिनिधि मण्डलबिच अटो मोबाइल व्यवसायबारे छलफल

काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग अटो मोबाइल व्यवसायका सम सामयिक विषयहरुमा छलफल गरेको नाडाले जनाएको छ । 
 
उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दै आएको भन्नु हुदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गर्नु भएको थियो । उक्त छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले आर्थिक बर्ष २०७७÷७८ को बजेटले नेपालमा आधिकारिक विक्रेता नभएका कुनै कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारी साधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिने जानकारी गराए । 

यसका साथै चौधरीले भन्ने नयाँ व्यवस्थाले उत्पादक कम्पनीद्धारा नियुक्त जुन सुकै बिक्रेताबाट पनि सवारी साधन आयात गर्न सक्ने अवस्था कायम रहन गई उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको विषयमा जानकारी गराएका थिए । उक्त छलफलमा नाडाका महासचिव तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे अर्थमन्त्री पौडेललाई जानकारी गराएका छन् । 

उक्त छलफलको क्रममा अर्थमन्त्री पौडेलले नेपालमा विद्युतिय सवारी साधनहरुको प्रशस्त सम्भावना देखिएको सन्दर्भमा अव अटोमोवाइल व्यवसायीहरुले नेपाल मै विद्युतिय सवारी साधनहरुको उत्पादन थाल्नु पर्ने र त्यसका लागि आवश्यक नीति नियमहरुको तर्जुमा आफुले गरि दिने बताए ।

सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।                                                                      
                                                                                         
 

प्रतिक्रिया दिनुहोस