aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ माघ २०७७
डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५४ लाख ३३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । कम्पनीको माघ २८ गतेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस