aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ग्रीन डेभलपमेण्ट बैंकको लाभांश संशोधन, अब ४ प्रतिशत मात्र वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ माघ २०७७
ग्रीन डेभलपमेण्ट बैंकको लाभांश संशोधन, अब ४ प्रतिशत मात्र वितरण गर्ने

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले लाभांश संशोधन गरेको छ । यस अघि ५ दशमलव १० प्रतिशत लाभांश प्रस्ताव गरेको यस बैंकले अब ४ प्रतिशत लाभांश दिने भएको हो । 

कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ सम्मको वितरणयोग्य नाफा र शेयर प्रिमियम वापतको रकमबाट ४ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्दा राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरेको कम्पनीका सञ्चालन प्रमुख शुसिल पौडेले जानकारी दिएका छन् । 

उनका अनुसार गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांशसँगै शेयर प्रिमियम वापतको रकमबाट १ प्रतिशत बोनस शेयर वितरण गर्न लागिएको हो । 

अब कम्पनीले कुल ३ दशमलव ८० प्रतिशत बोनस शेयर र शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी ४ प्रतिशत लाभांश वितरण गर्ने पौडेलको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस