aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

उर्जा मन्त्री रायमाझीमाथि लागेको आरोपको स्पष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ माघ २०७७
उर्जा मन्त्री रायमाझीमाथि लागेको आरोपको स्पष्ट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपाको दाहाल–नेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले आज विज्ञप्ति जारी गरी मन्त्री रायमाझी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन र दूरदर्शी लक्ष्यका पक्षमा रहनुभएको स्पष्ट गरिएको छ । 

विज्ञप्तिमा पदविना एकछिन पनि बस्न नसक्ने केही नेताहरुको गलत प्रचारको अलमलमा नगरी पार्टीलाई एकताबद्ध, जनमुखी र लोकप्रिय बनाउँदै विकास र समृद्धिमा केन्द्रित हुन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस