aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मिस्टर एण्ड मिस सिरहा २०२१ को ताज चिराग र बन्जितालाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० माघ २०७७
मिस्टर एण्ड मिस सिरहा २०२१ को ताज चिराग र बन्जितालाई

सिराहा । मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ मा मिस्टर सिरहाको उपाधि चिराग शर्मा र मिस सिरहा उपाधि बन्जिता यादवले हात पारेका छन् ।  यस्तै लिटल मिस्टर सिरहा सारंस साह भएका छन् । सिरहाको लहानस्थित पशुपति सिनेमा हलमा सम्पन्न मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फाइनलमा आफ्ना १० प्रतिद्वन्द्वीलाई पछि पार्दै शर्माले मिस्टर सिरहाको उपाधि प्राप्त गर्दा बन्जिताले आफ्ना छ प्रतिद्वन्द्वीलाई पछि पारेर मिस सिरहाको ताज चुम्न सफल भएका हुन् ।
 
पी प्रोडक्शन नेपाल प्रालिको आयोजनामा सञ्चालन भएको “मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फाइनलमा सात युवती र ११ युवा गरी १८ प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए ।

मिस सिरहाको उपाधि जितेकी बन्जितालाई मिस ग्रान्ड नेपाल–२०१९ निशा पाठकले र मिस्टर सिरहा चिरागलाई कोरियोग्राफर प्रशान्त साहले ताज लगाउनुभयो । सो अवसरमा मिस र मिस्टर सिरहालाई रु १५/१५  हजार नगद, मोडिलिङ एग्रिमेन्ट, म्युजिक भिडियो गर्ने मौका, विभिन्न तालिमको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फस्ट रनरअप रोमन परियार र रितिका शर्मा भएका छन् भने सेकेन्ड रनरअप दीपक रोय र पूर्णिमा यादव, मिस्टर टेन शुसान्त साह, भिउवर च्वाइस रीतिका शर्मा, अर्गनाइजर च्वाइस विनर जिवछ पासवान भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस