aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

एसजे मोटो : मोटरबाइक, कफि, कल्चर र फनसहितको सेवा सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ फागुन २०७७
एसजे मोटो : मोटरबाइक, कफि, कल्चर र फनसहितको सेवा सुविधा

काठमाडौं । स्याकार कम्पनीले एसजे मोटो ब्राण्डको नयाँ मोटर साइकल सार्वजनिक गरेको छ । आफ्नै देशमा केहि नयाँ कामको सुरुवात गर्ने उद्देश्य सहित ज्योति ग्रुप तथा स्याकार ट्रेडिङ कम्पनी प्रवन्ध निर्देशक सौरव ज्योतिले मोटरसाइकल पारखिहरूका लागि एसजे मोटो ल्याएको बताएका छन ।

उनले भने, 'सबै साथीहरुले मेरो घरमा नै आएर हेर्न मन गरेकोले गर्दा आफ्नो सोरुममा एस जे मोटोको ग्यालरी खोलेको हो । हामी एसजे मोटो क्याफे ग्यालेरी ग्रान्ड लॉन्च घोषणा गर्न पाउँदा खुसी छौं।' एस जे भन्ने बित्तिकै सबैको मनमा सौरब ज्योति होला तर यो नरहेको र आफु लगायत सम्पूर्ण टिमको सहभागितामा नाम राखेको उनले बताए ।

शुक्रबार सौरभ ज्योतिले एसजे मोटो सार्वजनिक गरे । जहाँ हरेक मोटरबाइक, कफि, कल्चर र फनसहितको सेवा सुविधा लिन पाइने उनले जानकारी दिए । पूराना–पूराना मोटरबाइकदेखि नयाँ–नयाँ मोडेलका बाइकहरु सो एसजे मोटो स्वरुममा अवलोकन र खरिदबिक्री गर्न सकिने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस