aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

महुली लघुवित्तको लाभांश प्रस्ताव सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ फागुन २०७७
महुली लघुवित्तको लाभांश प्रस्ताव सार्वजनिक

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको प्रस्तावित लाभांश सार्वजनिक गरेको छ । नेपाल स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक सुचनामा यस वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिने उल्लेख छ । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. १८ करोड ६६ लाख २० हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय कम्पनीको माघ २९ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस