
काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७६/७७ को लागि १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रहेको छ । सोही पूँजीको आधारमा नियामक निकाय बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस