aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘आर्थिक स्रोत-साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपूर्ण छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ फागुन २०७७
‘आर्थिक स्रोत-साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपूर्ण छ’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आर्थिक स्रोत/साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपूर्ण रहेको  बताएका छन् । विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन् । 

उनले विद्युत्‌को माग तथा खपत बढाउन प्रसारण र वितरणमा पनि लगानी बढाउनुपर्नेमा जोड दिए । उनले विद्युतको आपूर्ति पुग्दो भए पनि विद्युत् प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको पनि बताएका छन् । उनले आर्थिक स्रोत साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपूर्ण रहेको बताए । 

कार्यकारी निर्देशक शाक्यले वितरण ट्रान्सफर्मर, वितरण सन्जाल, ट्रान्सफर्मर स्टेसन, ट्रान्समिसन लाइन धेरै बनाउनुपर्ने अवस्था रहेको र त्यसका लागि प्राधिकरणको क्षमता कमजोर भएको बताए ।

प्रतिक्रिया दिनुहोस